राष्ट्रिय एकताका लागि मेची–महाकाली साइकल यात्रा

भीमदत्तनगर, १० असोज ।

‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् ।

राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताए ।

लाइन्स क्लब अफ घोराही सिटीका उपाध्यक्षसमेत रहेका केसीले गत भदौ २८ गते मेचीबाट साइकल यात्रा सुरु गरेका थिए । “आज महाकाली पुगेर यात्रा समापन गरेको छु ।” उनले भने – “यात्रामा देशभरका नेपालीले सबैको शान्ति र एकताको नारा हो भन्दै खुसी व्यक्त गरे ।”

उनले मेची र महाकाली नदीको पानी मिसाएर एकताको सन्देशस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्ने जानकारीसमेत दिए । उनले आफू व्यक्तिगत खर्चमा पहिलोपटक यात्रामा निस्केको समेत बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...