प्रेस सेन्टर राष्ट्रिय समाचार समिती साखा अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, १० असोज ।

प्रेस सेन्टर, नेपाल राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार रत्नकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। 

सेन्टरको आज सम्पन्न चौथो एकता सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सेन्टरको उपाध्यक्षमा दिलीप शर्मा, सचिवमा सुशील दर्नाल, कोषाध्यक्षमा शशीधर अधिकारी र सदस्यहरुमा प्रदीपराज वन्त, महेन्द्र सुवेदी, अशोक घिमिरे, राजु विश्वकर्मा, राजेन्द्र पनेरु, मुना कार्की र अञ्जली रम्तेल निर्वाचित भएका छन् । 

यसैगरी, सम्मेलनले केन्द्रीय परिषद् सदस्यमा हरि लामिछाने, युवराज पाण्डे, प्रेमप्रसाद उपाध्याय र शशीधर अधिकारीलाई निर्वाचित गरेको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि सञ्चार क्षेत्रको पुनःसंरचना आवश्यक रहेको बताए। 

राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै राससको उन्नतिका लागि सङ्गठन र सेन्टरले एक आपसमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राससका पत्रकार तथा कर्मचारीको हकहितमा आफूले सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबैको सहयोग अपेक्षित भएको बताए ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...