जाजरकोटमा भेटियो अत्याधिुनिक हतियारको गोली

जाजरकोट १० असोज।

जाजरकोटमा अत्याधुनिक हतियारको गोली भेटिएको छ । सदरमुकाम खलंगाको एक सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको हो।

खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ। 


सडक निर्माणको काम हेर्न गएका स्थानीयले काटोको छेउमा केही गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गोली भेटिएको क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा गोली भेटिएको प्रहरीले जनाएको छ। 

थाप्लेचौर सडक छेउस्थित जंगलमा छरिएर रहेको अवस्थामा गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए।

उनले ती गोली इन्सास राइफल लगायतका अत्याधुनिक हतियारको भएको बताए।

उनले युद्धका बेला माओवादी सेनाले भाग्ने क्रममा गोली छोडेको हुन सक्ने बताए।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...