खाना पकाउने ग्यासको मूल्य अझै घटाउने निगमको तयारी

काठमाडौं, २४ भदौ ।

अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तराष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष सहुलियत दिइनुपर्ने, आपूर्ति व्यवस्थालाई सहज र सरल बनाइनुपर्र्ने, खाना पकाउने ग्यासको मूल्य अझै घटाइनुपर्ने लगायत माग गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

केही दिनअघि निगमले खाना पकाउने ग्यासमा रु ५० घटाएकामा क्रान्तिकारीले थप रु ५० घटाउन माग गरेको छ । ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक खड्काले अन्य विषय सरकारले गर्ने भए पनि खाना पकाउने ग्यासको भने मूल्य घटाउने प्रयास भइरहेको जानकारी दिए ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...