इ–रिक्साबाट मनग्य आम्दानी
रौतहट, २३ भदौ ।
श्रीमान्को कमाइमा आश्रित यहाँका महिला यतिखेर इ–रिक्सा चलाएर आत्मनिर्भर बन्न थालेका छन् । श्रीमान्को कमाइमा भर पर्दै आएका चन्द्रपुर नगरपालिका क्षेत्रका कामकाजी महिलाका लागि यतिखेर इ–रिक्सा आम्दानीको स्रोत बन्न पुगेको छ ।
उनीहरुले महिला पनि श्रम गरेर जीविका चलाउन र आत्मनिर्भर बन्न सक्दछन् भन्ने सन्देश दिएका छन् । नगरपालिकाका १५ जना महिलाले इ–रिक्सा चलाएर मनग्य आम्दानी गरिरहेका छन् ।
महिला चालकको हितलाई ध्यानमा राख्दै सवारी ऐनबारे प्रशिक्षण तथा पुनःतार्जगी तालिम दिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विज्ञान बस्नेतले बताए ।
महिला चालकको हितलाई ध्यानमा राख्दै सवारी ऐनबारे प्रशिक्षण तथा पुनःतार्जगी तालिम दिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विज्ञान बस्नेतले बताए ।
महिला चालकलाई सडक नियम कानुन र दुर्घटनाबाट जोगिने उपाय तथा ट्राफिक नियमबारे तालिम दिने गरिएको छ ।
हाल चन्द्रपुर नगरपालिकामा करिब २०० को हाराहारीमा इ–रिक्सा सञ्चालनमा छन् । सवारी अनुमति प्राप्त गर्न कठिनाइ भएको महिला चालकको भनाइ छ ।
हाल चन्द्रपुर नगरपालिकामा करिब २०० को हाराहारीमा इ–रिक्सा सञ्चालनमा छन् । सवारी अनुमति प्राप्त गर्न कठिनाइ भएको महिला चालकको भनाइ छ ।
विद्यमान ऐन तथा कानुनलाई परिमार्जन गरी इ–रिक्सा सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिकृया दिनुहोस्
Loading...