नबिलको दोस्रो योजना आउँदै, एक अर्बको कोष
काठमाडौं, २४ भदौ ।
नबिल बैंक (Nabil Bank Limited) को सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले १ अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ ।
पहिलो योजनाको सफलतापछि नबिल म्युचुअल फण्डले आफ्नो दोस्रो योजना नबिल ईक्विटी फण्ड बजारमा ल्याउने लागेको हो ।
यो योजना असोज २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिने भएको छ । सात वर्षको अवधि रहेको यो योजनाको १० करोड ईकाई मध्ये १५ प्रतिशत नबिल बैंक (NABIL) तथा नबिल इनभेष्टमेन्टले बीज पूँजीको रुपमा रकम लगानी गर्ने र बाँकी ८५ प्रतिशतमा सर्वसाधारणले लगानी गर्न पाउने भएका छन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम प्रति ईकाई १० रुपैयाँ मूल्यमा १ हजार रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् ।
असोज २ गतेदेखि निष्काशन हुने यो आयोजनामा माग गरेभन्दा बढी आबेदन परेको खण्डमा असोज ६ गते नै यसको बिक्री बन्द हुने जनाईएको छ ।
आवेदन फारम नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौरबाट लिई बुझाउनसक्ने जनाईएको छ ।
आवेदकले ५० हजार रुपैयाँसम्म नगदै र त्यो भन्दा बढी चेकबाट बुझाउनु पर्ने, डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

