आफ्नै भान्जीलाई बलात्कारको आरोपमा मामा पक्राउ

गोरखा १९ भदौ।

आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।  शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । बालिकालाई भने थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...