एम्बुलेन्स र ट्याक्टर ठोक्किँदा दुईको मृत्यु
सुनसरी, १९ भदौ ।
सिमरिया–५ स्थित ईनरुवा दुहबि सडकखण्डमा स.१ च ८९४ नम्बरको एम्बुलेन्स र को.२ त १७९ नम्बरको ट्याक्टर शनिबार एक–आपसमा ठोक्किएको छ ।
ठक्करबाट एम्बुलेन्स पल्टँदा एम्बुलेन्समा सवार सिराहा गोलबजार–१ बस्ने २६ बर्षीय आनन्द खड्गी (चालक) सहित ६ जना घाइते भएका थिए ।
न्युरो अस्पताल बिराटनगर लगिएकोमा आनन्द खड्गी र २० बर्षीय सरोज यादबको उपचारको क्रममा मृत्यु भएको छ ।
अन्यको घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

