बस र ट्यांकर ठोक्किँदा ३६ को मृत्यु, २८ घाइते

अफगानिस्तान १९ भदौ ।

अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् ।

कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए । 

जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।


, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...