क्रान्तिकारीले फिर्ता लियो शैक्षिक हडताल

काठमाडौँ १० असोज । 

अखिल (क्रान्तिकारी)ले असोज ११ गते गर्ने भनिएको पूर्वघोषित उपत्यकाव्यापी शैक्षिक हड्ताल कार्यक्रम फिर्ता लिएको छ ।

प्रहरीद्वारा गिरफ्तार आफ्ना दुई नेताको रिहा भएपछि क्रान्तिकारीले सम्पूर्ण संघर्षका कार्यक्रम फिर्ता लिएको हो । 

नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका उपत्यका विशेष समन्वय समितिका संयोजक लोकेश विश्वकर्माले सोमबार एक विज्ञप्ति जारी गरेर शैक्षिक हडताललगायत संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनकारी गराएका छन् । 

संगठनको कामको सिलसिलामा कलंकीको क्याब्रिज कलेजबाट असोज ५ गते केन्द्रीय सचिवालय सदस्य प्रमोद गिरी र काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङलाई प्रहरीले चन्द असुलीको आरोपमा गिरफ्तार गरेको थियो । दुबै जनालाई सोमबार कालिमाटी प्रहरीले रिहा गरेको हो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...