हिरो बन्न खोजेको हो भन्दै आइजीपीले ४ डिआइजीको सातो खाएपछि...
काठमाडौँ १६,भदौ।
मुलुकको प्रमुख सुरक्षा अंग मध्यको नेपाल प्रहरीका ४ जना डिआइजीलाई आइजीपी उपेन्द्रकान्त अर्यालले एकै कोठामा राखेर सातो जाने गरि हप्काएका छन् ।
सुरक्षासंग सम्बन्धीत विषयलाई मिडियावाजी गर्दै संगठनको बदनाम गराउन खोजेको भन्दै आइजीपी अर्यालले ४ डिआइजीको सातो खाएका छन् । संयोगले ४ जना डिआइजी नै नेपाल प्रहरीको आइजीपीको लाइनमा छन् ।
नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अझै ७ महिना बाँकी छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को हुने भन्नेबारेमा अहिलेदेखि नै डीआईजीहरुमा दौडधुप सुरु भइसकेको छ ।
डीआईजीहरू जयबहादुर चन्द,नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्येबाट एक जना महानिरीक्षक हुनेछन् । उनीहरूबीचको प्रतिस्पर्धा अहिलेदेखि नै सुरु भइसकेको छ ।
करिब ७० हजारभन्दा बढी प्रहरीको नेतृत्व सम्हाल्नु सामान्य जिम्मेवारी भने होइन । स्रोतका अनुसार आइजीपी अर्यालले नाम नलिएपनि सांकेतीक रुपमा डिआइजी नवराज सिलवाललाई अनावश्यक हिरोगिरी बन्द गर्न चेतावनी दिएका थिए ।
आइजीपी अर्यालले पैसा उठाउदै हिन्ने,अरुलाई थर्काउदै हिड्ने,भावि आइजीपी भन्दै प्रचार गरेको भन्दै हप्काएका थिए । नेपाल प्रहरीलाई कसैले दायावाया गरे आफू चुप लागेर नबस्ने उनको चेतावनी थियो ।
अर्यालले १ घण्टासम्म लगातार बोलेका थिए । त्यत्तीबेला डिआइजीले शिर निहुराएका थिए । पछिल्लो समयमा डिआइजी सिलवाल एकातीर छन भने बाकि डिआइजी एकतीर ।
प्रतिकृया दिनुहोस्
Loading...

