प्राधिकरण प्रमुखलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौँ २२ भदौ ।

उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल थालेको छ।

मूल्यांकन समितिले गरेको मूल्यांकनउपर मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो, यो खबर आजको अन्नपूर्णमा छापिएको छ।

उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाई हटाउन प्रस्ताव राखेको हो।




उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिले काफ्लेलाई अनुतिर्ण गरेको थियो। त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...