धादिङमा बस दुर्घटना, ११ जनाको मृत्यु २० घाइते

काठमाडौं, ११ असोज ।

धादिङबेसीः धादिङमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।

मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिए।

घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। बसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...