राष्ट्रिय एकतालाई बलियो बनाइने प्रतिबद्धता

काठमाडौँ, ११ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन र शान्ति प्रक्रियालाई पूर्णता दिँदै आर्थिक समृद्धिमा सरकारले ध्यान दिएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीका तर्फबाट बुझाइएको ज्ञापनपत्र आज ग्रहण गर्दै उनले राष्ट्रिय एकतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । बाहिरी हल्लाका भरमा धारणा नबनाउन उनले आग्रहसमेत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो पार्टीले संविधान संशोधनमा सबैको भावनालाई ख्याल गर्न, चुरेभावर प्रदेशको व्यवस्था गर्न र विसं २०६४ मा सरकारसित पार्टीले गरेको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसित आग्रह गरेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...