सर्पको डसाइबाट एक महिलाको मृत्यु

पाल्पा, ११ असोज ।
सर्पको डसाइबाट डेढगाउँ– ६ बस्ने अन्दाजी ३५ वर्षीया कमला फालको आज मृत्यु भएको छ ।

गए राति करिब २ बजे उनलाई सर्पले डसेकोे र बिहानपख छिमेकीलाई खबर गरेपछि स्थानीयवासीले उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको अस्पतालले घोषणा गरेको स्थानीयवासी वीरबहादुर बिसीले जानकारी दिए ।

मृतक फालका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...