सार्कको समीक्षा गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

काठामाडौं, १२ असोज ।
भारत-पाकिस्तान विवादले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन प्रभावित भएका बेला नेपालले भने सार्कको प्रभावकारिताको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ ।
विहीबारदेखि सुरु हुने दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुनेछ । सम्मेलनको आयोजना व्यवस्थापिका संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति प्रभु साहले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार क्षेत्रीय सम्मेलनमा सार्कका सबैजसो सदस्य मुलुकहरुबाट प्रतिनिधित्व हुनेछ ।
दुईदिने सम्मेलनमा सार्कको तीन दशकको समीक्षा, आर्थिक सहायता, विश्वास र समझदारी प्रबर्द्धन लगायतका विभिन्न्ा पाँचवटा विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ ।
छलफलमा कार्यपत्रहरु प्रस्तुत गर्ने सत्रहरुको अध्यक्षता पूर्वउपप्रधानमन्त्रीहरुले गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...