नेकपा (माओवादी) को आठौं महाधिवेशन - उद्घाटन खुलामञ्चमा, बन्दसत्र थवाङमा

दिया चन्द, काठमाडौं, २० भदौ ।

नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

साेमबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले आउदो आफुन १ गतेदेखि ७ गतेसम्म भव्य रुपमा चल्ने महाधिवेशनको उद्घाटन खुलामञ्चमा गरिने बताएका छन् ।

बन्दसत्र भने आफ्नो आधार इलाका थवाङ हुने उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनको अवसरमा नेकपा (माओवादी) ले पचासौं हजार युवा काठमाडौंमा उतार्ने समेत बताएको छ ।

महाधिवेशनको तयारीका लागी सिङ्गो पार्टी पार्टी सदस्यता वितरण संगठन सुदृढिकीकरण अभियानमा जुटेको बताइएको छ।

यस आघि मोहन बैद्य 'किरण' ले नेतृत्व गरेको पार्टीले २०६९ पुस २५ गते काठमाडौँको प्रज्ञा भवनमा र प्रचण्ड नेतृत्वमा रहेको तत्कालिन एमाओवादीले २०६९ माघ २० गते मकवानपुरको हेटौडामा सम्पन्न गरेको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...