खाद्यान्नमा ५० प्रतिशत मुल्य घटाउन मागसहित नेकपा (माओवादी)ले गर्यो नेपाल बन्दको घोषणा


दिया चन्द, काठमाडौं, २० भदौ ।

नेकपा (माअाेवादी) ले अागामी कात्तिक २८ गते नेपाल बन्द गर्ने घाेषणा गरेकाे छ ।

साेमबार काठमाडाैँमा पत्रकार सम्मेलन गरेर पार्टी प्रबक्ता प्रकाण्डले जनताकाे खाद्य सम्प्रभुता अधिकार सुनिश्चिततकाे लागि नयाँ संघर्षका कार्यक्रम घाेषणा गर्दै नेपाल बन्दकाे घाेषणा गरेका हुन् ।

हालै सम्पन्न पार्टीकाे केन्द्रीय समिति बैठकले लिएका निर्णय सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मेलनमा माअाेवादीले कालाेबजारी,महंगी,कृतिम अभाव, विचाैलियाकाे अन्त्यकाे लागि संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।

नेपाल बन्द पहिले खाद्य सम्प्रभुता अधिकारकाे लागि प्रदर्शन, धर्ना,ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि माअाेवादीले सार्वजनिक गरेकाे छ ।

जसअनुसार भदौ २० देखि २५ गतेसम्म दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन मागसहित पहिलो चरणको संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।

त्यस्तै भदौ २२ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने माअाेवादी प्रबक्ताले जानकारी दिनुभयो ।

संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेपछि पहिलो नेपाल बन्द घोषणा गरेको विप्लव माओवादीले भदौ २२ गते मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाउने निर्णय गरेको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादीले आगामी फागुनमा आठौं महाधिवेशन गर्ने घोषणा समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...