औपचारिक रुपमा फुट्यो कमल थापाको पार्टी

काठमाडौं, २६ भदौ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर वरिष्ठ नेता केशरबहादुर विष्टले आइतबार ‘एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान’को घोषणा गरेका छन् ।

राजधानीको बुद्धनगरस्थित अल्फाबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी विष्टको अध्यक्षतामा अभियानकाे घोषणा गरिएकाे हाे ।

सो समुहमा राप्रपा नेपालका प्रभावशाली ढेड दर्जनबढी केन्द्रीय सदस्यहरुको सहभागिता रहेकाे छ ।

कमल थापा ओली ओली नेतृत्वको सरकारमा रहँदा विष्टसमुहले पार्टीले एजेण्डा मासेको र सरकारमा गएर गल्ती गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएपछि गत चैतमा विष्ट कारबाहीमा परेका थिए ।

कारबाहीमा परेसँगै उनले पार्टीभित्र समानान्तर कमिटि चलाउँदै आएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...