सन्दर्भ ९/११ः यसकारण कहिले बिर्सनुहुँदैन यो भयानक घटना, ३० तस्बिरमा हेर्नुहोस्


एजेन्सी, २६ भदौ ।


आज ११ सेप्टेम्बर हो । आजकै दिनमा १५ वर्ष पहिले अमेरिकाले यस्तो घटना झेल्नुपर्यो जसको उसले कहिले पनि कल्पना गरेको थिएन होला । 

११ सेप्टेम्बर सन् २००१ मा संसारको सबैभन्दा शक्तिशाली देशमाथि आक्रमण भयो । यो हमलाले अमेरिकालाई मात्र नभई पूरै संसार हल्लिएको थियो ।


यो हमलामा तीन हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो भने सयौं मानिस घाइते भएका थिए ।

अमेरिकामाथि अल कायदाको यो हमला अहिलेसम्मको सबैभन्दा ठूलो हमला मानिएको छ । आतंककारीले हावामा उडिरहेका तीन विमानलाई हाइज्याक गरेर त्यसलाई ठूलो विमानमा ठोक्काएको थियो ।

११ सेप्टेम्बर सन् २००१ को एउटा सामान्य बिहान, ८ बजेर १९ मिनेट गएको थियो । मानिसहरु आफ्नो घरबाट कामको लागि निस्किसकेका थिए । त्यति नै बेला न्यूयोर्कको आकाशमा उडिरहेको फ्लाइट–११ मा निकै अचम्मको हलचल भयो ।

त्यस उडानमा ९२ मानिसहरु सवार थिए जसलाई थाहा थिएन कि उनको जिन्दगीले सधैंका लागि विराम लिँदैथियो किनभने उनीहरु अल–कायदाको त्यो खतरनाक षड्यन्त्रको शिकार बनिसकेका थिए जुन अमेरिकाको सात पुस्ताले याद राख्नेछ ।

विमान अपहरणकर्ताले जानीजानी विमानलाई वल्र्ड ट्रेड सेन्टरको ट्वीन टावरसँग ठोक्किएको थियो जसमा विमानमा सवार सबै मानिसहरु र बिल्डिङ भित्र रहेका हज्जारौं मानिसहरुको मृत्यु भएको थियो ।

हमलाको क्रममा वल्र्ड ट्रेड सेन्टरमा करिब १८ हजार कर्मचारी काम गरिरहेका थिए ।

आज अमेरिकामा भएको हमलाको १५ वर्ष बितिसकेको छ तर ९/११ को यो घाउ यति गहिरो छ कि आजसम्म पनि यो घाउ निको भएको छैन ।









सम्बन्धित समाचार

- See more at: http://www.ratopati.com/news/78029/#sthash.P3eKHPMN.IAlw60hw.dpuf

, ,

प्रतिकृया दिनुहोस्

Loading...