सिँचाइ मन्त्री गिरीले ‘म गुण्डा पनि हुँ’ भन्दै कार्यकर्ता धम्काएपछि (अडियोसहित)

काठमाडौं,२६ भदौ ।

नेसिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने एक कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका हुन् ।
प्राप्त अडियो रेकर्डमा मन्त्री गिरीले टेलिफोनमा कार्यकर्तासँग भनाभन हुँदै गर्दा भने, म गुण्डा पनि हुँ फेरि ।

मन्त्री गिरी र उनका कार्यकर्ता वीचको टेलिफोन सम्वादअनुसार प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई पक्राऊ गरेको र छुटाउन मन्त्री गिरीलाई आग्रह गरिएको छ ।

गिरीले आफू उनीहरुलाई छुटाउन लागिरहेको तर, डीएसपीको फोन नउठेकाले समस्या परेको बताएका छन् । उनले पटक पटक भनेका छन्, ‘त्यो डीएसपीले फोनै उठाउँदैन त म के गरौं यार ?’

कार्यकर्ताले, ‘तपाईले यति पनि गर्न सक्नुहुन्न ? तपाईलाई जिताएर पठाएको के काम भो ?’ भन्दै असन्तुष्टि जनाएपछि जवाफमा मन्त्री गिरीले कार्यकर्तालाई भने, ‘तैँले के गर्न सक्छस् ? म गुण्डा पनि हुँ नि फेरि !’ भनेको अडियो सुनिएको छ ।

तुलसीपुर नगरपालिका एक थारु कार्यकर्ताले पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्ने क्रममा यो सम्वाद भएको हो । तर यसविषयमा मन्त्री गिरीसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘यसविषयमा मलाई केही थाहा छैन’ भन्दै कुरा सकाएका थिए ।



सुन्नुहोस् अडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...