मधेसी मोर्चाले प्रचण्डलाई भन्यो - संविधान संशाोधन प्रस्ताव दर्ता गराएर मात्र भारत जानुस्
काठमाडौं, २३ भदौ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अघि नै संविधान संशोधन प्रस्ताव संसदमा पेश हुनुपर्ने बताएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीलाई भारत भ्रमणबारे सुझाव दिँदै मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले भारत भ्रमण अघि संशोधन प्रस्ताव दर्ता होस् भन्ने माग राखेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूले भारत भ्रमणमा जानअघि नै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ भन्नुभएको थियो, हामी आशा गर्छौं उहाँले त्यो पूरा गर्नुहुनेछ ।’
मधेसी मोर्चाको अर्को घटक सदभावना पार्टीका सांसद नरसिंह चौधरीले पनि भारत भ्रमणमा जानुअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्न माग गरे । उनले भने, ‘हामीलाई विश्वास छ, उहाँले बचन पूरा गर्नु हुनेछ ।’
संघीय सदभावना पार्टीकी डिम्पल कुमारी झाले पनि मोर्चाका अन्य नेताहरुको मागमा समर्थन जनाइन्

प्रतिकृया दिनुहोस्
Loading...