ताप्लेजुङको देवलिङ्गेमा पहिरो, एकै घरका ३ जना पुरिए

आलोक माबोहाङ् लिम्बू, ताप्लेजुङ, १८ भदौ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित घर माथिबाट खसेको पहिरोले पुरिएर एकै घरका आमा सहित दुई जना बच्चाको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।


बिहान १ बजे भिषण वर्षाका कारण ताप्लेजुङ नगरपालिका वडा नं. २ मेदिबुङमा पहिरो खसेर एकै घरका तीन जनाको पुरिएर ज्यान गएको हो ।

पहिरोमा पुरिएकाहरुको परिचय भने खुल्न बाँकी रहेको प्रजिअ पाण्डेले बताए । उद्धार र प्ररम्भिक राहतको लागि प्रहरी परिचालन गरिएको छ।

वर्षातको कारण हुन आउने प्रकोपबाट नआत्तिकन र आफू सुरक्षित स्थानमा रहन तथा असुरक्षित महशुस भएमा तुरुन्त प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न  समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गरेका छन् ।

 सुरक्षाकर्मी र उद्धारटोली घटना स्थल पुगेको र ठाउँ ठाउँमा पहिरोले बाटो पुरेको कारण घटना स्थल जानको लागि बाटो खुलाउने काम भईरहेकोले बाँकी विवण आउन बाँकी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...