बंगालादेशको १ कारखानामा विस्फोट, १० जनाको मृत्यु
काठमाडौं, २५ भदौ ।
बंगलादेशको एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तिमा १० जनाको मृत्यु भएको छ । आगलागीमा परेर अरु ३० जना घाइते भएका छन् ।
चारतले भवनमा रहेको कारखानामा विस्फोटकाबेला एक सयभन्दा बढी कामदार कार्यरत् रहेको बताइएको छ । विस्फोटलगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् । विस्फोटको कारण पत्ता लाग्न सकेको छैन ।
आगलागीका कारण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
बंगलादेशको ढाकामा गत वर्षपनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...

