कालिकोटको कोटबाडा पुग्यो मानव अधिकार आयोगको टोली
काठमाडौं, २८ भदौ ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले कर्णाली राजमार्गको सञ्चालन अवस्थाबारे चासो देखाएको छ ।
कर्णालीमा निर्वाध स्वतन्त्र र सहजै रुपमा गाडी सञ्चालन नभएर नागरिकको आवातजावतमा पटक पटक असुविधा भोगिरहेको समस्याको जानकारी लिन आयोगले जुम्लाबाट अनुगमन सुरु गरेको हो ।
आयोगका मानव अधिकार अधिकृतहरु धनराज शाही, कुमारी महरा र रमेश रावत आयोगको कार्य क्षेत्रमा पर्ने कालीकोट जिल्लाको कोटबाडा पुगेका छ ।
विशेष गरी मानव अधिकार उल्लङ्घनविरुद्ध परेका उजुरीको अध्ययन, अनुसन्धान र पीडित पक्षको अवस्थाबारे बुझ्न तीनजनाको टोली सम्बन्धित स्थलमै पुगेको आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त उपनिर्देशक मानबहादुर कार्कीले जानकारी दिए ।

टोलीले खाद्य उपलब्धता र त्यसको गुणस्तरबारे अनुगमन गर्नेछ । मानव अधिकार अधिकृत धनराज शाहीले खासगरी बर्सेनि आयात निर्यातमा प्रभाव पार्ने कर्णाली राजमार्गले यहाँको मानव जीवनशैलीमा पु¥याएको प्रभावबारे अध्ययन गर्ने बताए ।
अनुगमनबाट नजिकिँदै गरेको दसैँ तिहार सहज बनाउन र सदाबहार सवारी आवागमन गराउन सडकको गुणस्तर वृद्धिका सवालमा राज्यलाई अल्पकालीन र दीर्घकालीन विकासमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको अधिकृत शाहीले बताए । जनशक्ति अभावले थोरै गतिविधिमा सीमित रहेको उपक्षेत्रीय कार्यालय जुम्लाले चार अधिकृत पाएपछि हाल सेवामा प्रभावकारिता ल्याउन क्रियाकलाप विस्तार गरेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...