रहन सकिनन् छोरा बिना आमा, सोनिस बितेको महिना नपुग्दै सङ्गीताले गरिन् आत्महत्या
चितवन, २३ भदौ ।
छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।
माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक महिनाअघि उनका छोरा सोनिस रानाभाटको रोगका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
छ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
छ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सोही चिन्ताले घटना भएको आशङ्का गरिएपनि यकिन कारण भने खुलेको छैन । उनको शवलाई शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...