नाटकमार्फत पोषणको कुरा गर्दै कलाकारहरु गाउँतिर

अरुण वली, सल्यान ९ असोज।

पोषणसँग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न गाउँमा प्रदर्शन भइरहेको छ । आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरिरहेको छ ।

जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा, लक्ष्मीपुर र काप्रेचौरमा नाटक देखाइरहेको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन् ।

सल्यानमा आरआरएन, लिवर्ड र आसमानले संयुक्त रुपमा परियोजना संचालन गरिरहेका छन् । सडक नाटक भोली आइतबार १० बजेदेखि काभ्राको रामबजार, दिउँसो १ बजे लक्ष्मीपुरको पोखरा र ३ बजे कुपिण्डेको जयतपानीमा नाटक प्रदर्शन गरिने बताइएको छ ।

सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरिरहेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...