छोराकालागी भाकल, पूजा र हवन, छोरी जन्मिदा घाटी रेटेर हत्या !


नयाँदिल्ली २५ भदौ ।

ब्राजिलममा सम्पन्न रियो ओलम्पिकमा दुईजना छोरीले मात्रै पदक दिलाएको खुसीमा उनीहरुलाई पुरस्कृत गरिरहेका बेला भारतमै एक आमाले शिशु छोरीको विभत्स हत्या गरेको तथ्य बाहिर आएको छ ।

चार महिनाकी छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी धनाढ्य घरकी एक बुहारी नेहाले आफ्नो कर्तुत कबलु गरेकी हुन् । उनले चक्कुले ज्यान लिनुभन्दा सात दिनअघि आफूले छोरीलाई सिरानीले थिचेर ज्यान लिन खोजेको पनि स्वकारेकी छन् ।

सिरानीले थिचेर ज्यान लिन खोजिरहेका बेला घरमा केही आएपछि आफू त्यतिबेला छोरीको ज्यान लिन सफल नभएको बयान उनले दिएकी छन् ।

त्यो बेला नाबालक छोरीको घाँटी निलो भएपछि उनको परिवारले सातदिनसम्म अस्पतालमा राखेर उपचार गराएको थियो । ती नाबालिकालाई सात दिनको उपचारपछि २५ अगष्टमा अस्पतालले घर पठाएको थियो ।

समचार अनुसार नेहालाई छोराको चहाना धेरै थियो । तर कयौं भाकल, पूजा र हवन गर्दा पनि छोरी नै जन्मिएपछि उनी यति क्रुर बनेकी हुन् ।

नेहाले छोरी अस्पतालबाट घर आएको भोलिपल्टै उनको घाँटीमा तीन पटकसम्म थिचेकी थिइन् । छोरीमाथि हानेको चक्कुमा लागेको रगत नेहाले उनकै गलामा पुछेकी थिइन्। उनले छोरीमाथि चक्कु हान्दा घाँटी र गर्दनमा १३ वटा भन्दा धेरै चोट लागेको रिपोर्ट डाक्टरले दिएका छन् ।

घटनापछि नेहाले चक्कु र आफ्नो हात बाथरूममा धोएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेहाले छोरीको शवलाई भने एसीमा हालेर लुकाएकी थिइन् । छोरीको शव एसीमा हालेपछि उनी बेडरुममा गएर ढुक्कले सुतेकी थिइन् ।

नेहा अहिले राजस्थान पुलिसको चार दिने हिरासतमा छिन् । पुलिसले छोरीको हत्यामा प्रयोग गरेको चक्कु पनि बरामद गरिसेको छ

यो घटना राजस्थान दाल र तिलहन व्यापार मण्डलका प्रमुख बाबूलाल गोयलको घरमा भएको हो । २५ अगस्टमा नेहाकी छोरी वेपत्ता भएको उजुरी पुलिसमा आएको थियो ।

यस मामिलाको जाँच गरिरकहेको प्रहरीले तब चकित भयो घटनाको भित्री कुरो खोतल्दै जाँदा जब आमा नै हत्यारा भएको निचोडमा पुग्यो ।

पुलिसको शंकाको घेरमा त्यो घरमा काम गर्ने नोकर थिए तर पुलिसले अन्तिममा आमालाई फन्दामा पार्‍यो । यो घटनाको सबै सबुत आमा नेहाविरुद्ध रहेका छन् । उच्च घरानामा भएको यो हत्याको निचोडमा पुग्न पुलिसलाई १३ दिन लागेको थियो ।

पुलिसको जाँच तीनवटा विधिमा केन्द्रित थियो । पहिलो शंकास्पदसँग सोधपुछ, दोस्रो एफएसएल जाँच र तेस्रो घरमा लगाइएको सीसीटीभी फुटेज।

छोरो नजन्मिएपछि तनावमा रहेकी नेहाले जन्मेको चार महिनामै छोरीलाई चक्कुले धडाधड हानेर ज्यान लिएकी थिइन् । त्यसपछि आफूले नै हत्या गरिएकी छोरीको शव उनले एसीमा लुकाएको प्रहरी अनुसन्धाले पुष्टि गरेको छ।

नेहाको माइती दिल्लीमा रहेको छ । उनका पिता पनि ब्यापारी हुन् । नेहाको ११ वर्षअघि जयपुरका राकेशसँग बिहे भएको थियो । उनका एक आठ वर्षकी र चार महिनाकी दुई छोरी थिए ।

पुलिसको शुरुवाती जाँचमा छोरालाई जन्म दिनका लागि यो परिवारले हवन पनि गराएको थियो । तर नेहाले यो पटक छोरी जन्माइन् ।

यस्तोमा चार महिनादेखि नेहा तनावमा थिइन् । पुलिसका अनुसार नेहाले छोरो जन्माउने चक्करमा दुई छोरीको भ्रुण यसअघि नै मारिसकेकी थिइन् । यो उनको चौथो सन्तान थियो ।

आमाबाटै मारिएकी नाबालिकाका हजुरबा बाबुलाल गोयलले नेहाले घरमा राम्रो ब्यबहार गर्ने गरेको बताए । उनका अनुसार नेहा पढेलेखेकी त थिइनन् नै उनको घरमा पनि कुनै कुराको कमी थिएन ।

छोरी जन्मिएकोमा घरमा कुनै पछुतो पनि थिएन । 'नेहाले यो क्रुर कदम किन उठाइन्? यसको उत्तर उनी आफैंले दिनेछिन्', उनले भने, 'पुलिसको कारबाहीबारे मैले केही बोल्नुछैन ।'

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...