ओम र मनास्लु मर्ज हुँदै, पुग्ने भयो १ अर्ब ६८ करोड पुँजी

ओम डेभलपमेन्ट बैंक (Om development bank)र मनास्लु विकास बैंक (Manaslu bikash bank) बीच मर्जरको लागि सैद्धान्तिक सहमति भएको छ ।

सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक नै रहने छ । मर्जरपछि बैंकको अध्यक्षमा ओमका अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा बुद्धि मल्ल रहने छन् । 

बैंकको सहायक महाप्रवन्धकमा मनास्लु विकासका निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहने छन् । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड , कर्जा १२ अर्ब ६१ करोड पुग्नेछ भने ३६ वटा शाखा हुनेछ ।

ओम डेभलपमेन्ट बैंकको प्रधान कार्यालय पोखरा र मनास्लु विकास बैंकको प्रधान कार्यालय गोरखामा रहेको छ । मर्जर पछि बैंकको प्रधान कार्यालय पोखरामा रहने छ ।

हाललै ओमको सञ्चालक समितिले २९.२० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । 

नेपाल राष्ट्र बैंक र साधारण सभाले दुबै संस्थाको बोनस शेयर पारित भएमा मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६८ करोड पुग्ने छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...