यी औषधि सेवन गर्दा भुलेर पनि रक्सी नपिउनुहोस्

धुम्रपान र मध्यपान स्वास्थ्यको दृस्टीले विभिन्न रोग निम्त्याउने महत्वपूर्ण कारणहरु हुन् । 

रक्सी सेवन आफैमा राम्रो हैन । यसले कलेजो, मृगौला, मुटुको समस्याको साथसाथै विभिन्न अंगको क्यान्सर गराउन समेत भूमिका खेलीरहेको हुन्छ । 

हामीले कुनै औषधि सेवन गरिरहेको छौं भने रक्सी सेवन गर्दा विशेष विचार पुराउन जरुरी छ । रक्सीले विभिन्न औषधीको मेटाबोलिजम (टुक्राउने र शरीरबाट हटाउने) को प्रक्रियामा असर गर्छ । त्यसैले त्यो औषधिको प्रभाव शरीरमा बढ्ने वा घट्ने गर्छ । 

निम्न औषधिहरुसँगै रक्सी सेवन भुलेर पनि गर्नु हुदैनः

१. एन्टीवायोटिकः आँउ र झाडापखालामा प्रयोग गरिने मेट्रोनिडाजोल (Metronidazole) संग रक्सी सेवन गर्नु हुदैन । 

यदि सेवन गरेमा वाकवाकी हुने, बान्ता हुने, टाउको दुख्ने, अनुहार रातो हुने, पसिना आउने लगायतका सहनै नसकिने लक्षणहरु देखा पर्न सक्छ । क्षयरोग विरुद्दको औषधि (Rifampicin, isoniazid), मलेरिया विरुद्दको औषधिसँग पनि रक्सी सेवन गर्नुहुँदैन ।

२. रगत जम्न नदिने औषधिः वार्फेरिन (warfarin) संग पनि रक्सी सेवन गर्न हुँदैन । साथै एस्पिरिन (Aspirin) सेवन गरिरहेको बिरामीले पनि रक्सी पिउनु हुँदैन ।

यदि यी औषधिहरुसंगै रक्सी सेवन गरेमा भित्री अंगहरुमा रक्तस्राव हुन सक्छ जसले भयानक दुर्घटना निम्त्याउन सक्छ ।

३. मुटु र उच्च रक्तचापको औषधिः मुटुका विरामी तथा उच्च रक्तचाप भएका विरामीहरुले रक्सी सेवन गर्नु आफै नै स्वास्थ्यको लागि हानिकारक हो ।

विरामीहरु जसले यी रोगका निम्ती Nitroglycerine, Hydralazine, Propanolol जस्ता औषधि सेवन गरिरहेका छन् उनीहरुले रक्सी सेवन गर्नु ठूलो गल्ती हुन् जान्छ ।

यसले रिंगटा लाग्ने, वेहोस हुने र ति औषधिहरुको प्रभाव घटाईदिने खालको समस्या निम्त्याउन सक्छन ।

४. मधुमेहको औषधिः मधुमेयको विरामीहरुले पनि रक्सी सेवन गर्नु हानिकारक हुन्छ । त्यदिगतबmष्मभ लगायतका अन्य सुगर कम गर्ने औषधि सेवन गर्दा रक्सी पिउनाले वाकवाकी लाग्ने, वान्ता हुने र रगतमा सुगरको मात्रा एक्कासी बढाउने गर्न सक्छ ।

५. दुखाइ कम गर्ने औषधि: यदी कसैले दुखाइ कम गर्ने औषधिहरु जस्तै Opiates सेवन गरिरहेका छन् भने त्यस्तो स्थितिमा रक्सी सेवन गर्नाले यी दुईको प्रभावले निन्द्रा लगाउने र शरीरमा औषधिको मात्रा बढाउने गर्छ ।

साथै, सिटामोल (Acetaminophen) सेवन गरिरहेको समयमा पनि भने रक्सी सेवन गर्दा कलेजोको समस्या निम्त्याउन सक्छ ।

६. मानसिक रोगका औषधि: उदासिनता र मानसिक चिन्तामा प्रयोग गरिने Anti-depressants र Anti-anxiety औषधिहरु प्रयोग गर्ने बिरामीले पनि रक्सी सेवन गर्नु हुदैन । 

साथै Benzodiazepine समुहका औषधिहरु जस्तै Diazepam, Lorazepam आदि प्रयोग गर्ने विरामीले रक्सी सेवन गरेमा स्वासप्रस्वास र दिमागमा असर गर्न सक्छ ।

७. छारे रोगका औषधिः छारे रोगको उपचारको निम्ति प्रयोग हुने औषधि जस्तै Phenytoin सेवन गर्दा रक्सी पिउनु हुदैन । यसले औषधिको नकारात्मक प्रभाव बढाईदिन्छ ।

८. ग्यास्ट्राइटिस र अल्सर: यी रोग भएका विरामीहरुले रक्सी सेवन गर्नु आफैमा हानिकारक हुन्छ । त्यसैले यसको औषधि खाइरहेका विरामीहरुले रक्सी सेवन गर्नु हुदैन ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...