बैतडी-काठमाडौं बस सेवा सुरु

काठमाडौँ २१ असोज । 

महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी काठमाण्डौं एसी बस सेवा सुरु गरेको छ । 

यात्रुहरुको मागलाई ध्यानमा राख्दै र नेपालीको मुख्य चाड दसैं तिहारलाई मध्यनजर गरी बैतडी काठमाडौँ एसी बस सञ्चालनमा ल्याईएको हो ।

सुबिधासम्पन्न बस भएकोले आरामदायी यात्रा हुनुका साथै एसी जडीत, फ्री वाईफाई, खानाको व्यवस्था, पानीको व्यवस्था, पत्रिकाको व्यस्था समेत उपलब्ध रहेको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव बिष्णु कडेंलले जानकारी दिए ।

यसअघि सामान्य गाडी सञ्चालनमा रहेको भएपनि लामो यात्रामा उक्त गाडीमा यात्रुलाई समस्या हुने भएकोले एसी गाडी सञ्चालनमा ल्याईएको महासचिव कडेंलको भनाई छ । 

लामो रुट र पहाडी यात्रामा यात्रुको सजिलोको लागी एसी बस सञ्चालनमा ल्याएका उनले बताए ।

बैतडीवाट दैनिक बिहान ७ बजे गोठलापानीवाट र काठमाडौंबाट बिहान ११ बजे गंगबु बसपार्कवाट छुट्ने समितिले जनाएको छ । बैतडीवाट काठमाण्डौंको भाडा प्रतियात्रु रु. २ हजार ४ सय ३० तोकिएको छ ।

हाललाई ६ वटा एसी बस मात्रै सञ्चालनमा ल्याईएको भएपनि छिट्टै थप ६ वटा बस आउने क्रममा रहेकाले चाडै सञ्चालनमा आउने कंडेलको भनाई छ ।

१२ वटा गाडी आईसकेपछी औपचारिक कार्यक्रम गरेर बस सञ्चालन गरिने समितिले बतायो । 

यता यात्रुहरुको मागलाई मध्यनजर गर्दै बैतडी महेन्द्रनगर बस सेवा पहिलो पटक ल्याईएको छ ।

बैतडी र महेन्द्रनगरवाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ । बैतडीवाट महेन्द्रनगरको भाडादर प्रतियात्रु रु. ६ सय ४५ कायम गरिएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...