'अन्तर्राष्ट्रिय विषयमा साझा दृष्टिकोण हुनुपर्छ'

झापा, १७ असोज । 

पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने बताएका छन् । 

.बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउ पर्ने बताए । 

उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार व्यक्त गरे ।

त्यस्तै एमालेका नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने जिकिर गरेका छन् । 

दमकमा नेकपा (एमाले) दमक नगरकमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक संसद्मा पेस नभएका कारण चुनाव सम्भव नभएको भनाइ राखे । 

संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौती भएको बताउँदै उनले संविधानअनुसार स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने धारणा राखे । 

स्थानीय पुनःसंरचना निर्धारण आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको पुनःसंरचनालाई अघि बढाउनुपर्ने हुन्छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...