सांसदको आरोप - सरकारले यात्रुलाई सुविधा दिएन

काठमाडौँ, १८ असोज ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गरेका छन् । 

सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएको भन्दा बढी भाडा असुल गर्दा समेत प्रशासन मूकदर्शक बनेको उनिहरुको आरोप थियो ।

उनिहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायत घोषणा गर्नुपर्नेमा जोड दिए । यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङ लगायत थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...