ढिकुरपोखरीमा १० बर्षीया बालिकाको बलात्कारपछि हत्या, असंकामा २ पक्राउ

पोखरा २५ असोज ।

कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ । ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको बलात्कारपछि हत्या भएको हो ।

दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । 

शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै यकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

वालिकाको यौनाङ्ग रत्ताम्मे भेटिएकाले पनि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ । 

घटनामा संलग्नताको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । बालिकाका बाबु राजकुमार विक रोजगारीको लागि विदेशमा छन् ।

, , , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...