पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका ३ को मृत्यु

सिन्धुपाल्चोक १५ असोज ।

अबिरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिलिसना ,उद्धब तिमिल्सिना र उनको श्रीमती सम्झना तिमिल्सिना रहेका छन् ।

अविरल वर्षापछि आज बिहान ३ बजेतिर घर माथीबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पहिरोले पुरीएका अन्य दुइ जनाको भने स्थानीयले उद्धार गरेका थिए । पहिरोले पुरीएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुइ जनाको पहिरोबाट लाश निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले दुइ वटा अस्थाई टहरा समेत पुरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...