छठपछि साकारलाई दिएको समर्थन फिर्ता लिदै मदेशी मोर्चा

काठमाडौं, १५ असोज । 

संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ।

दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ ।

संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन नसक्ने बताएको हो ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले धेरै समय पर्खिन नसक्ने बताउदै अब गम्भीर निर्णय गर्न बाध्य हुने बताए । राजधानी दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...