हैटीको विध्वंशकारी आँधी फ्लोरिडा पुग्यो

फ्लोरिडा, २१ असोज ।

अमेरिकी राज्य फ्लोरिडामा शक्तिशाली आँधी ‘मैथ्यु’का कारण लाखौं मानिस प्रभावित बनेका छन् । हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो ।

आँधीका कारण फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 

भारी बर्षा र आँधीले त्यहाँका हजारौं घरमा क्षति पुग्नुका साथै बिजुली आपूर्ति बन्द भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाका जनतालाई धैर्य गर्न अपील गरेका छन् । मौसमविद्हरुले आँधीको खतरा कायमै रहेको चेतावनी दिएसँगै त्यहाँका जनतामा त्रास फैलिएको छ ।

हैटीमा तहल्का मच्चाएको आँधीबाट फ्लोरिडा राज्य पनि तहसनहस हुनसक्ने भन्दै स्थानीयवासीलाई तटीय क्षेत्र खाली गर्न अपील गरिएको छ । चेतावनीपछि तटीय क्षेत्रबाट मानिसहरु अन्यत्र पलायन भएका छन् ।

अमेरिकी मौसमविद्हरुका अनुसार आँधी प्रतिघण्टा २ सय ५ किलोमिटरको रफ्तारले आएको छ । यो आँधीले हैटीमा २ सय ६४ जनाको ज्यान लिएको थियो । (एजेन्सी)

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...