विश्वकै एकतिहाई भारतीय गरिबीको रेखामुनी

नयाँ दिल्ली, २१ असोज ।

विश्व बैंकको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा गरिबीको रेखामुनी रहेको छ । विश्वका प्रत्येक तीन गरिबमा एकजना भारतीय पर्ने पनि विश्वबैंकले जनाएको हो ।

यो तथ्यांकअनुसार विश्वमा करिब ७६ करोड जनसंख्या गरिबीको रेखामुनी छ । विश्वको सर्वाधिक गरिब अफ्रिकामा छन् । भारतमा २२ करोडभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी छ ।

विश्व बैंकले सन् २०३० सम्म अति गरिबी अन्त्य गर्ने लक्ष्य राखेको छ । तर वैश्विक स्तरमा देखिएको आर्थिक मन्दी विश्व बैंकको सो लक्ष्यमा बाधक बनिरहेको छ ।

भारतमा गरिबीको रेखामुनी रहँदै आएको जनसंख्यामा कमी आएको भए पनि अपेक्षा अनुसार अझै प्रगती हुन नसकेको बताइन्छ ।

भारतको नयाँ दिल्लीमा विश्व आर्थिक मञ्चको जारी बैठकमा सहभागीहरु मानिसलाई गरिबीको रेखाबाट माथि कसरी ल्याउन सकिन्छ भन्नेमा विचार विमर्श गरिरहेका छन् । (एजेन्सी)

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...