माओवादी पोलिट्ब्युरो सदस्य उमा भुजेलसहित आधा दर्जन कार्यकर्ता गिरफ्तार

काठमाडाैँ,१८ असोज ।

नेकपा (माअाेवादी)की पाेलिटब्युराे सदस्य उमा भुजेललाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेकाे छ ।

पार्टीका कार्यकर्तासँग छलफल गरिरहेकाे अवस्थामा भुजेलसँगै अाधा दर्जन नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकाे हाे । काठमाडौँ जिल्ला सदस्य रजमान तामाङ, नविन सुवेदी र हाेम बहादुर तामाङ र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य नवीन केसीलाई प्रहरीले बालाजुबाट गिरफ्तार गरेकाे हाे ।

उनीहरुलाई अहिले बालाजुस्थित प्रहरी बृतमा राखेकाे छ । नेता-कार्यकर्ताकाे गिरफ्तारीविरुद्ध माअाेवादी अाज दिउँसाे ४ बजे प्रदर्शन गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...