ग्रिड पुगेपछि लघुविधुत् बन्द

काठमाडौँ २९ असोज ।

विधुत् प्रधिकरणले विधुत्तीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।

केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावटबराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन(ग्रिड)पुगेपछि बन्द भएका वा सञ्चालनमा आउन छाडेका छन् । आजको अन्नपुर्ण पोस्टमा खबर छापिएको छ ।

‘राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्’,कोजुले भने,‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।’

,

प्रतिकृया दिनुहोस्

Loading...