बैंकहरुले झन्डै दोब्बर ब्याज बढाए

काठमाडौँ २९ असोज ।

बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम(तरलता)अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् ।

रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्धती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् ।


बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्धती र त्यसपछि बचतको पनि व्याज बढ्दै जो संकेत देखिएको बताए । आजको कान्तिपुरमा खबर छापिएको छ । गत बर्षको असोजमा मुद्धतीको ब्याजदर ४ प्रतिसत हाराहारीमा झरेको थियो ।

केहीअघि नागरिक लगानी कोषले ठुलो रकम ८ प्रतिसत ब्याज पाउने गरी बाणिज्य बैंकमा राखेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...