• बिबिसी, ९ कात्तिक | 

पाकिस्तानको बलूचिस्तान प्रान्तको क्वेटा शहरस्थित पुलिस तालिम केन्द्रमा चरमपन्थीहरुले गरेको हमलामा कम्तीमा पनि ५० जवानको मृत्यु भएको छ । मर्नेको संख्या ५० भन्दा बढि हुनसक्ने आशंका जताइएको छ । हमलाको शिलशिला सिद्धिएपनि रातको अँध्यारोमा मर्नेको संख्याको सही जानकारी दिन सम्भव नभएको बीबीसीले जनाएको छ ।



हमलामा संलग्न तीन हमलाकर्ताको पनि मृत्यु भएको छ ।

बलूचिस्तानका गृहमन्त्री सरफराज बुगटीले संवाददातालाई अहिलेसम्म २० भन्दा बढि जवानको मृत्यु भएको पुष्टि भएको बताए । हमलामा करिब १ सय ६ जना घाइते भएका छन् ।




चरमपन्थी हमलाको जवाफी कारवाहीमा चार घण्टासम्म चलेको अप्रेसनमा पुलिस, फ्रन्टियर्स र अतंकवाद विरोधी अभियानका अधिकारी संलग्न थिए ।

सरफराज बुगटीले यसलाई चरमपन्थी आत्मघाती हमलाको संज्ञा दिँदै दुई जनाले आफैंलाई गोली होनेको र अर्को एकलाई पाकिस्तानी सेनाले गोली हानेको जानकारी दिए ।


यस्तै, आइजी एफसी मेजर जनरल शेर अफगानका अनुसार हमला गर्ने व्यक्तिको सम्बन्ध प्रतिबन्भित संगठन लश्कर–ए–झांगवीसँग थियो । उनीहरुलाई अफगानिस्तानले दिशानिर्देश गरिरहेको उनले बताए ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए । उक्त अस्पतालमा डाक्टरहरुको छुट्टी रद्द गरी उपचार थालिएकोसमेत उनले बताए ।


त्यहाँका सबै अस्पतालमा इमरजेन्सी घोषणा गरिएको छ । बीबीसी संवाददाता काजिमका अनुसार ज्यान बचाउनका लागि धेरै मानिसहरु झ्यालबाट हाम फाले जसका कारण घाइतेको संख्यामा वृद्धि भएको हो ।

स्थानीय च्यानल जियोका अनुसार बलूचिस्तानका मुख्यमन्त्री सनाउल्लाह जेहरीले शहरमा चरमपन्थीहरु छिरेको सूचना पाएपछि केही दिन यता त्यहाँ उच्च शर्तकता अपनाइएको थियो ।

शहरभन्दा १५ किलोमिटर टाढा रहेको उक्त पुलिस तालिम केन्द्रको होस्टेल २ सय देखि २ सय ५० एकडमा फैलिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...