यी बैंकहरुको हकप्रद सेयर निष्काशन खुला !

- काठमाडौँ, ९ कात्तिक |
यति बेला पाँच वटा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निष्काशन खुला गरेका छन् ।
सहारा विकास बैंकको साढे तीन लाख कित्ता
सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन दिन पाउनेछन् ।
असोज १४ गतेदेखि खुलेको कम्पनीको हकप्रदमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ २२ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हाल बैंकको २ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ५ करोड ९० लाख रुपैयाँ पुग्नेछ । तीन जिल्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । जसका लागि बैंकले २५ करोड ७८ लाख चुक्तापूँजी भएको सहयोगी विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
लक्ष्मी लघुवित्तको ११ करोड कित्ता
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत अर्थात एक बराबरको एकको अनुपातमा हकप्रद सेयर खुलेको छ । असोज १४ गतेदेखि खुलेको कम्पनीको हकप्रदमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको साढे १० लाख कित्ता
मितेरी डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । लगानीकर्तालाई ३० प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले एक सय रुपैयाँ अंकित दरका १० लाख ५६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कात्तिक १ गतेदेखि खुलेको बैंकको हकप्रद शेयर मंसिर ५ गतेसम्ममा भरिसक्नु पर्ने छ । गत असोज ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र बैंकको हकप्रदका लागि आवेदन दिन पाउने छन् ।
धरानमा मुख्य कार्यालय रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
बैंकको हकप्रद शेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ ।

२१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया नाघ्नेछ ।
कृषि विकास बैंकको झन्डै दुई करोड कित्ता
कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेको छ । बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
हकप्रदमा मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको शेयरमा असोज ९ गतेसम्म शेयर स्वामित्व रहेका र लगानी गरेकाहरुले आवेदन दिन पाउने छन् ।
कृषि बिकास बैंकको बिभिन्न कार्यालयसहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको शेयरमा आवेदन दिन सकिनेछ ।

अरनिको डेभलपमेन्ट बैंक
अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सर्वसाधारण सेयरधनीका लागि नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ बराबरको हकप्रद सेयरका लागि आवेदन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका नौ लाख २८ हजार एक सय ९० कित्ता हकप्रद सेयर खुला गरेको हो ।
गत असोज २७ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
१० कित्ता सेयर हुने सेयरधनीले ३.६ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रिको प्रबन्ध सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ ।
सिद्धार्थ क्यापिटल लिमिटेड (अनामनगर), सिद्धार्थ बैंकका देशभरिका शाखा र अरनिको डेभलपमेन्ट बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरुमा हकप्रद भर्न पाइनेछ । कात्तिक ८ गतेदेखि सुरु भएको हकप्रद निष्काशन आगामी मंसिर १२ गतेसम्म खुला रहनेछ ।

हाल अरनिको डेभलपमेन्ट बैंकको चुक्तापुँजी २५ करोड ७८ लाख ३० हजार छ सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी ३६ करोड नाघ्नेछ बैंकिंग खबर
प्रतिकृया दिनुहोस्
Loading...