विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल र थाइल्यान्ड भिड्दै

काठमाडौं २४,असोज ।

हङकङमा जारी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा आइतबार थाइल्यान्डले चीनलाई ७५ रनले हराएको थियो भने नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ खेल खेल्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...