बेल्टारबजारमा २ समूहबीच झडप, दर्जनौँ सेल अश्रुग्यास प्रहार, अवस्था तनावग्रस्त
हरिकुमार राई, उदयपुर, २७ असोज ।
उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।
बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो ।
गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।
भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए ।
बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ ।
भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।
पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरी आफुले विष सेवन गरेका थिए ।
अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...