साउदीका राजकुमारलाई १ सय ३४ औं नम्बरमा फाँसी
काठमाडौँ ३ कात्तिक।
आफ्नै नागरिकको हत्या गर्ने साउदी अरेबियाका एक राजकुमारलाई फाँसीको सजाय दिइएको छ ।
साउदी सरकारको गृहमन्त्रालयका अनुसार तीन वर्षअघि राजकुमार टुर्की बिन साउद अल–काबिरले नागरिकको गोली हानी हत्या गरेको पुष्टि भएपछि फाँसी दिइएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई फाँसीबारे थप केही बताइएको छैन । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ ।
सर्वसाधारणले फाँसीको सजाय भोग्दै आएपनि राजपरिवारलाई भने धेरै कम फाँसी दिइन्छ । उनी फाँसी पाउनेमा एक सय ३४ औं व्यक्ति हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...