दुनियाकै क्रूर ब्वायफ्रेण्ड, जसले सुतिरहेकी प्रेमिकालाई जगाउन अजिंगर हालिदिए (भिडियो सहित)

एजेन्सी, १५ मंसिर । 

हरेक महिलाको सपना हुन्छ की उनको पार्टनरले हरेक बिहान प्रेमपूर्ण आवाजले निद्राबाट जगाओस् र उठाओस् ।

तर एकजना युवतीमाथि यस्तो भयो जुन उनले न त कल्पना नै गरेकी थिइन्, न त अब कहिल्यै भुल्न सक्छिन् । ती युवतीका ब्वायफ्रेण्डले उनलाई निद्राबाट जगाउनका लागि जुन उपाय अपनाए त्यो निकै डरलाग्दो छ ।

गर्लफ्रेण्ड बिहान हुँदासम्म पनि मज्जाले निदाइरहेकी थिइन् । उनका ब्वायफ्रेण्डले एकाएक उनीमाथि दुइवटा साँच्चीकैका अजिंगर ल्याएर फ्याँकिदिए ।

अजिंगरका बारेमा अनजान ती युवतीलाई जब उनका ब्वायफ्रेण्डले त्यो कुराको जानकारी दिए तब उनको होसहबास उड्यो र रुन चिच्याउन थालिन् । उनी डरले काँपिरहेकी थिइन् तर उनको तमासा देखेर ब्वायफ्रेण्ड हाँसिरहेका थिए ।

पछि उनको सरीरमाथि घस्रिरहेका अजिंगरलाई तानेर लगियो । तर ती युवती भने डरले काँप्दै केहीबेर रोइरहिन् । उनी थामिन सकिरहेकी थिइनन् । ब्वायफ्रेण्डले यो सबै मजाक हो, भन्दा पनि निकै रिस र त्रासमा प्रस्तुत भइरहेकी थिइन् ।

वास्तमा यो सबै घटना एउटा प्रांक थियो । चर्चित प्रांकस्टार डेरेक डेसोले यो चर्चित प्रांक भिडियो तयार पार्नका लागि आफ्नै गर्लफ्रेण्डको भावनामाथि खेलवाड गरेका थिए ।

उनले यसका लागि व्यवसायिक सपेरोबाट दुई अजिंगर ल्याएका थिए भने २ जना क्यामरापर्सन पनि भाडामा लिएका थिए । स्नेक प्रांक अन गर्लफ्रेण्ड शीर्षकमा उनले यु ट्युबमा अपलोड गरेको यो भिडियो निकै भाइरल बनेको छ ।

हेर्नुहोस् भिडीयो.....



,

प्रतिकृया दिनुहोस्

Loading...