वैद्य माओवादीले भन्यो - संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दनेलनमा हाम्रो ऐक्यवद्धता छ

काठमाडौं,१५ मंसिर ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दनेलनमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको जनाएको छ।

पार्टी अध्यक्ष मोहन वैद्यले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारद्वारा मंगलबार संसद सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएका सिमाङ्कन लगायतका विषयबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सीमाङ्कन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गरेको उक्त विज्ञप्तिमा उल्लेख गरेको छ।

क्रान्तिकारी माओवादीले सीमाङ्कन लगायतका विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव र सहमति अनिवार्य हुने बताएको छ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...