महिला एसिया कप - नेपाल VS श्रीलंका आज



  • काठमाडौं,१३ मंसिर । 

एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपालले सोमबार श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बैंककमा पौने १ बजे सुरु हुनेछ ।

नेपाल र श्रीलंकाको महिला टोली दोश्रो पटक खेल्न लागेका हुन् । सन् २०१२ मा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २० रनले पराजित भएको थियो ।

प्रतियोगितामा दुवै देश सोमबार पहिलो जितको खोजीमा छन् । यो प्रतियोगितामा नेपाल र श्रीलंका दुवै पाकिस्तानसँग हारेका थिए । नेपाल ९ विकेटले र श्रीलंका ८ विकेटले पाकिस्तानसँग पराजित भएका थिए । ब्याटिङ्ग सुधार गर्नु नेपाली टीमको मुख्य चुनौती देखिएको छ ।

पुरुष क्रिकेटमा दक्षिण एसियाली पावरहाउस मानिने श्रीलंका महिला क्रिकेटमा पनि सशक्त टोली हो । १९९७ मा नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेको श्रीलंकाली महिला टोलीले त्यही वर्ष भारतमा भएको विश्वकप क्रिकेट खेलेको थियो ।

विश्व बरियतामा आठौं नम्बरमा रहेको श्रीलंकाले विश्वका ८ टीमले खेल्ने आइसिसि ओमेन्स च्याम्पियनसिप खेलेको छ । श्रीलंकाले अहिलेसम्म एउटा टेष्ट खेलेको छ । १९९८ मा भएको टेष्टमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...