भूकम्पले अाेछ्यानमै हल्लाएपछि काठमाडौंबासिको भागाभाग


  • काठमाडौं, १३ मंसिर 

साेमबार बिहान काठमाडौंबासीहरुलाई भूकम्पले अाेछ्यानमै हल्लाएपछि सर्वसाधारणहरुको भागाभाग परेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुको सीमानामा ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो । 

सोहि भूकम्पको धक्का काठमाडौं सहित मुलुकको पूर्वी तथा मध्य भागमा राम्रो गरी महशुश भएको थियो ।

एकाबिहानै भूकम्पको धक्का महशुस भएपछि न्यानो ओछ्यानमा सुतिरहेको सर्वसाधारणहरु चिसोको कुनै प्रवाह नगरी होहल्ला गर्दै सडकमा निस्किएका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...